नियम १६
डिटोनेटरहरू थन्क्याई राख्ने
(१) पा“च हजारदेखि बढी दश लाखसम्मको डिटोनेटरहरू
नियम १४ को उपनियम (१) मा उल्लेख भए बमोजिमको स्थायी म्यागजिनमा थन्क्याई
राख्नु पर्छ ।
(२) पा“च हजारसम्मका डिटोनेटरहरू नियम १४ को उपनियम (१) मा उल्लेख
भए बमोजिमको स्थायी म्यागजिनमा वा सोही नियमको उपनियम (२) मा उल्लेख भए
बमोजिमको बक्स टाइप म्यागजिनमा थन्क्याई राख्नु पर्छ ।
तर डिटोनेटरहरू विस्फोटक पदार्थको साथ एकै कोठामा थन्क्याई राख्न हु“दैन ।